Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटन नगरपालिकाका मेयर नेपाली सम्पर्कविहीन

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् ।

आफू अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि मेयर नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो ।

नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए।

उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए। मेयर नेपाली नगरपालिकाका उपप्रमुख धनबहादुर कठायतलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएर सम्पर्कविहीन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077