Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • राष्ट्रिय स्वतन्त्र पार्टीले नीति तथा कार्यक्रममाथि रचनात्मक सुझाव दिने

    राष्ट्रिय स्वतन्त्र पार्टीले नीति तथा कार्यक्रममाथि रचनात्मक सुझाव दिने

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 792
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको विरोध नगर्ने र रचनात्मक सुझाव दिने भएको छ ।

    आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै रास्वपाकी सांसद सोविता गौतमले यस्तो बताएकी हुन् ।



    उनले भनिन् ‘सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रुपमा बुझ्ने प्रचलन छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ- राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी हो, यानेकी सरकारलाई राम्रो कुरामा पनि प्रशंसा गर्छ ।’

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै राम्रा कुरा समेटिएका, कतिपय महत्वाकांक्षी कुराहरु पनि रहेको सांसद गौतमको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार