Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थपिएको छ ।

सो प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

प्रहरीले अनुसन्धास सकेर सोमबार बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नु पर्ने बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायाण पाण्डे, इन्द्रजित राईसहितका व्यक्तिहरू प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077