Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंको डान्सबारमा भारतीय पर्यटकमाथि लुटपाट गरेको आरोपमा दुई नेपाली पक्राउ

काठमाडौं । काठमाडौंको डान्सबारमा तीन जना भारतीय पर्यटकलाई लुटपाटमा गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

नुवाकोटको तारकेश्वरका पदम बहादुर शाही र कैलालीको धनगढीका ओम प्रकाश ऐरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिंहदरबार दक्षिणगेट अगाडिबाट पक्राउ गरेको हो ।

उनीहरुले जेठ ३ गते राति कोटेश्वरस्थित डान्सबारमा पुगेका भारतीय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनी पारिकलाई लुटपाट गरेका थिए ।

उनीहरुलाई डर त्रास देखाई दुई नेपाली युवाले साथमा भएको नगद लुट्नुका साथै मोबाइल फोनबाट रकमसमेत ट्रान्सफर गराएर फरार भएका थिए ।

उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाउन अदालतबाट ४ दिनको म्याद थप गरी प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077