Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको पूर्वी सहर बाख्मुटमा रुसी आक्रमणबाट सबै कुरा नष्ट भयो : राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी सहर बाख्मुटमा रुसी आक्रमणका कारण सबै कुरा नष्ट भएको बताएका छन् ।

उनले रुसी फौजको कब्जामा रहेको उक्त क्षेत्रमा अब केही बाँकी नरहेको बताएका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यसअघि नै युक्रेनको बाख्मुट क्षेत्रलाई कब्जामा लिएकोमा आफ्ना सेनालाई बधाई दिएका थिए ।

पुटिनले बख्मुट सहरलाई मुक्त गर्ने अभियान सम्पन्न भएको भन्दै आफ्ना फौजलाई बधाई दिएका थिए । जेलेन्स्कीले भने जापानको हिरोसिमास्थित जी ७ राष्ट्रहरूको बैठकमा पुटिनलाई कटाक्ष गरे ।

यस क्रममा उनले रुस(युक्रेन युद्धमा आफ्नो पक्षमा विश्व समुदायको साथ र समर्थन खोज्दै पुटिनको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077