Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमले जित्यो आईडब्लुएलको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलाले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ ।

आइतबार अहमेदावादस्थित ट्रान्सस्टेडियामा भएको फाइनलमा गोकुलम केरलाले किक स्टार्टलाई ५-० गोल अन्तरले हराएर च्याम्पियन बनेको हो । गोकुलमले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्दा फाइनलमा सावित्राले एक गोल र एक असिस्ट गरिन् ।

सान्धिया रंगनाथनले २२औं इन्दुमती काथिरेसनले ३७औं मिनेटमा पेनाल्टीबाट गोल गरिन् । ५२औं मिनेटमा सान्धियाले व्यक्तिगत दोस्रो गोल गरिन् भने ८०औं मिनेटमा गोल गरेपछि गोकुलम केरला च्याम्पियन बन्यो । सावित्राले तेस्रो पटक आइडब्लुएलको उपाधि जितेकी हुन् ।

गोकुलमले यसअघि सन् २०१९–२० र २०२१–२२ मा लगातार उपाधि जितेको थियो। सन् २०२०–२१ मा भने कोभिड १९ को कारण आईडब्लूएल हुन सकेन। साम्बाले घुँडाको चोटका कारण सन् २०२१–२२ को सिजन गुमाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077