Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

बंगलादेशसँग ४५ अर्ब व्यापार घाटा

काठमाडौं । पूर्वी नाका काँकडभिट्टा-फूलबारी-बंगलाबन्ध स्थल पारवहन मार्ग सञ्चालनमा आएको २५ वर्षमा नेपालले ४५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।

नेपालको सबैभन्दा नजिकको तेस्रो मुलुक बंगलादेशलाई व्यापारले जोड्ने उद्देश्यले २५ वर्षअघि यो नाका सञ्चालनमा आएको थियो । त्यसयता दुई मुलुकबीच भएको व्यापारमा लेपालले ४५ अर्ब रुपैयाँ घाटा व्यहोरेको हो ।

नेपाल र बंगलादेशबीच भारतको फूलबारी नाका हुन्दै काकडभिट्टालाई बंगलाबन्धसँग पारवहनमार्गले जोड्ने सम्झौता २०५४ सामल भदौ १४ मा भएको थियो ।

काँकडभिट्टामा नेपाल र बंगलादेशका परराष्ट्रमन्त्रीहरुको उपस्थितिमा यो मार्गको विधिवत् उद्घाटन भएको थियो । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077