Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नीति तथा कार्यक्रमले देशको समस्यालाई समाधान गर्नसक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रमले अहिलेको समस्यालाई समाधान गर्न सक्ने बताएका छन् ।

सोमबार संसदको नीति तथा कार्यक्रमको विषयमा बोल्दै अध्यक्ष नेपालले नीति तथा कार्यक्रम कागजको खोस्टो मात्र नभएको बताएका हुन्।

उनले नीति तथा कार्यक्रम कागजको खोस्टो नभई देशको समस्या समाधान गर्न अगाडि बढ्ने खालको रहेको बताए।

अध्यक्ष नेपालले भने,'एकले अर्कालाई घोचपेच नगरी सहमतिका साथ अगाडि बढ्दा देशलाई संकटलाई पार लगाउन सकिन्छ। सबैभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो। सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। अरुलाई अवमूल्यन गर्ने प्रवृति हो, सबैको साथ लिनेभन्दा पनि आफ्नै पाराले चल्ने प्रवृति पनि हो। यसबाट मुक्त हुनुपर्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो नीति तथा कार्यक्रमले गन्तव्यहीन भएको भन्दै पुनर्लेखनको सुझाव दिइरहेका बेलामा अध्यक्ष नेपालले अहिलेको समस्यालाई समाधान गर्न सक्ने बताए। अहिलेको देशमा देखिएको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077