Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेस सांसद परियारले भने- नीति तथा कार्यक्रम पुन:लेखन गरेको इतिहास छैन

    कांग्रेस सांसद परियारले भने- नीति तथा कार्यक्रम पुन:लेखन गरेको इतिहास छैन

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 411
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुन:लेखन नहुने बताएका छन् ।

    सोमबार नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद परियारले अहिलेसम्म नीति तथा कार्यक्रम पुन:लेखनको प्रचलन नरहेको बताएका हुन् ।



    सांसद परियारले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइराख्दा केहीँ पूर्ववक्ता माननीय सांसदहरुले यो काम छैन, संशोधन गर्नुपर्छ भन्नुभयो । तर, नीति तथा कार्यक्रम संशोधन भएको कुनै इतिहास छैन ।’



    एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम काम नलाग्ने रहेको भन्दै पुन:लेखन गर्न सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार