Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस नेता परियारको घोषणा

    सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस नेता परियारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    राजधानीमाआयोजित पत्रकार सम्मेलन नेता परियारले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन्।



    ‘हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ’, नेता परियारले भने ।



    उनी पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार