Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सहकारी महासंघले गर्‍यो चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही जेठ ९ गतेदेखि माग पूरा नभएसम्म आन्दोलन गर्ने जनाएको हो ।

राष्ट्रिय सहकारी महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लका अनुसार सहकारी ऐन र नियमावली कार्यान्वयनका लागि उपप्रधानमन्त्री तथा शीर्ष नेताहरूसँगको छलफलपछि पनि सुनुवाई नभएको भन्दै शान्तिपूर्ण रूपमा आन्दोलन गर्न लागेका हुन् ।

महासंघको १३ बुँदे मागहरू सरकारले सम्बोधन नगरेसम्म विभिन्न संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077