Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जिम्बावेमा हुने विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा, को-को परे ?

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा अविनाश बोहोरा, सुर्य तामाङलगायतका खेलाडीलाई समावेश गरिएको छ ।

नेपालले गत चैतमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्म्क सिरिज अन्तर्गतको खेलमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो।

आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टीमको सहभागिता रहेको छ ।

छनोटमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् ।

नेपालको प्रारम्भिक टोली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077