Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मन्त्री रिजाल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।

मन्त्री रिजाल र राजदूत सङबीचसोमबार मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमा नाका खुलाउने विषय लगायत विविध विषयमा कुराकानी भएको बताईएको छ ।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चिनियाँ राजदूत चेन सङ्को प्रशंसा गरेका थिए।

आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेकोसमेत मन्त्री रिजालले स्पष्ट पारे।

भेटमा चिनियाँ राजदूत सङ्ले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको बताउँदै विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077