Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अर्थतन्त्रमा समस्या आएपछि अमेरिकी राष्ट्रपति बाइडेन स्वदेश फिर्ता

    अर्थतन्त्रमा समस्या आएपछि अमेरिकी राष्ट्रपति बाइडेन स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । देशभित्रको आर्थिक समस्या चर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन पपुवा न्युगिनीको भ्रमण रद्द गरेर स्वदेश फर्किएका छन् ।

    जी–सेभेनको बैठकमा सहभागी हुन जापान पुग्नुभएका राष्ट्रपति बाइडेन पपुवा न्युगिनी पुगेर केही सम्झौता गर्ने कार्यक्रम थियो ।



    पपुवा न्युगिनीले अमेरिकी राष्ट्रपति बाइडेनको सम्मानमा विशेष तयारी समेत गरेको थियो । तर यहीबेला देशको अर्थतन्त्रमा समस्या देखिएपछि बाइडेन स्वदेश फर्किएका हुन् ।



    रिपब्लिकन नेतृत्वको सदनले राष्ट्रपति जो बाइडेनले वर्तमान र भविष्यको सामाजिक सुरक्षा योजनामा कटौती नगरे राष्ट्रिय ऋण तिर्न नदिने बताएका छन् ।

    संसदले सरकारी ऋण तिर्ने स्वीकृति केही दिनभित्रै नदिएमा अमेरिकाले विश्व अर्थतन्त्रमा आफ्नो प्रतिष्ठा गुमाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार