Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • नेपाल प्रहरीका पाँच एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

    नेपाल प्रहरीका पाँच एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

    मानव स्रोत विकास विभागका अनुसार विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको हो ।



    सरुवा सूचीअनुसार कर्मचारी प्रशासन शाखामा अर्जुन तिमल्सिनालाई जिम्मेवारी दिइएको छ ।

    यसैगरी १ नम्बर गणमा बसन्त रजौरेलाई पठाइएको छ भने २ नम्बर गणमा नवीनराज राईको सरुवा भएको छ । यस्तै काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा चन्द्रदेव राई, रामप्रसाद साहलाई सुर्खेत ट्राफिकमा पठाइएको छ ।

    उनीहरुलाई तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार