Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका पाँच एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

मानव स्रोत विकास विभागका अनुसार विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको हो ।

सरुवा सूचीअनुसार कर्मचारी प्रशासन शाखामा अर्जुन तिमल्सिनालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी १ नम्बर गणमा बसन्त रजौरेलाई पठाइएको छ भने २ नम्बर गणमा नवीनराज राईको सरुवा भएको छ । यस्तै काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा चन्द्रदेव राई, रामप्रसाद साहलाई सुर्खेत ट्राफिकमा पठाइएको छ ।

उनीहरुलाई तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077