Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : पहाडीमा वर्षा र पूर्वी तराईमा हावाहुरी

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसकारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077