Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइन लागिएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि प्रक्रिया सुरु गरेको थियो ।

यसैबीच, करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077