Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसएमई प्लेटफर्म निमावली स्वीकृतका लागि अर्थमा

काठमाडौं । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०८० स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ । नेपाल धितोपत्र बोर्डले जेठ ७ गते उक्त नियमावली स्वीकृतिका लागि अर्थमा पेश गरेको हो ।

बोर्ड प्रवक्ता मुक्तिनाथ श्रेष्ठले चैतमै तयार नियमावलीको मस्यौदामा केही बुँदा थप गरी स्वीकृतिका लागि अर्थमा पेश गरेको जानकारी दिए । उनका अनुसार जेठ ४ गतेको बोर्ड बैठकले नियमावली स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको थियो ।

बोर्डले यसै आर्थिक वर्ष (आव) भित्र साना तथा मझौता संगठित संस्थाको मात्र कारोबार हुने प्रणाली (एसएमई प्लेटफर्म) सञ्चालनका लागि नियमावली बनाएको हो।

अर्थबाट समयमै स्वीकृत भए धितोपत्रको दोस्रो बजार सञ्चालक नेप्सेसँगको समन्वयमा यसै आवभित्र एसएमईज प्लेटफर्म सञ्चालन गर्ने बोर्डको लक्ष्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बोर्डले साना तथा मझौला संगठित संस्थाको कारोबारसम्बन्धी धितोपत्र निष्कासन तथा नियमावली, २०५० को मस्यौदामा सरोकारवालाको सुझावका आधारमा केही बुँदा थपेको छ । प्रवक्ता श्रेष्ठका अनुसार प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीले अन्डरराइटिङ गर्नुपर्ने व्यवस्था थपिएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077