Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहुल गान्धी ट्रक चढेर चण्डीगण प्रस्थान गरेपछि...

एजेन्सी । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगण गएका छन् ।

कर्नाटक विधानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्बिरहरू सार्वजनिक भएका हुन् ।

अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ । उनले सो क्रममा ट्रक ड्राइभरसँग लामो कुराकानीसमेत गरेका थिए। यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएका थिए ।

कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद् भवनको उद्घाटन प्रति आपत्ति जनाएका छन् । उनले सो संसद् भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नु पर्ने माग राख्दै आएका छन् ।

हालै सो संसद् भवनको निमार्ण कार्य पूरा भएको थियो । सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद् भवनको उद्घाटन गर्ने जनाइएको छ । लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद् भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077