Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिमका मन्त्रिमण्डलको टोली र अर्थमन्त्री महतबीच भेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रिमण्डलका टोली र अर्थमन्त्री प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको मन्त्रिमण्डले बिहान अर्थमन्त्री महतलाई भेटेका हुन ।

भेटमा सुदूरपश्चिमको टोलीले प्रदेशको आर्थिक प्याकेज नघटाउन र महत्वपूर्ण गौरवका योजना समावेश गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ।

जवाफमा अर्थमन्त्री महतले सुदूरपश्चिमलाई विशेष प्राथमिकताका साथ केन्द्र सरकार सहयोग गर्न तयार रहेको बताए।

मुख्यमन्त्री कमल शाहको नेतृत्वमा सभामुख भीमबहादुर भण्डारी, प्रतिपक्ष दलका नेता राजेन्द्र रावलसहितको टोलीले मंगलबारदेखि लबिङ थाल्ने बताईएको छ ।

विकासको सूचकांकलाई हेरेर स्रोतमाथि सुदूरपश्चिमको विशेषाधिकार दाबी गर्न काठमाडौं आएका उक्त टोलीले मंगलबार नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई पनि भेटेका छन् ।

प्रदेश सरकारका सबै मन्त्रीहरु सहभागी रहेको समूहले संघीय सरकारका प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शीर्ष तहका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077