Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सांसद सिके राउतले भने - नीति तथा कार्यक्रम संघीयता विरोधी देखियो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधि भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममाथि राउतले यस्तो बताएका हुन् ।

सांसद राउतले भने, ‘संघीयता कार्यान्वयन गर्न ठोस नीति रहेको छ। माओवादी नेतृत्वले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधि रहेको छ। सरकार र नीति निर्माता गम्भीर हुनु जरुरी छ। संघीयताका विभिन्न मुद्दाहरु सम्बोधन भएका छैनन्।’

उनले संघीयता कार्यान्वयनमा सरकारको ध्यान नदिएको बताए । अध्यक्ष राउतले ७० पेजको नीति कार्यक्रममा ३ ठाउँमा मात्र संघीयता राखिएको भन्दै शंका व्यक्त गरे ।

१९ नम्बर बुँदामा वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने बाहेक संघीयताको सवलीकरणमा सरकारका नीति कार्यक्रम मौन रहेको उनले आरोप लगाए । यसअघि सरकारमा सहभागी रहेको जनमत पार्टी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट अलगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077