Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको संलग्नता छैन : केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले नेपालमा छानबिन कसरी हुन्छ भन्ने कुरा आफुलाइ थाहा भएको बताए ।

अध्यक्ष ओलीले भने,'नक्कली भुटानी शरणार्थी बनाउने विषयमा एकमुष्ट रूपमा भन्न चाहान्छु एमाले संलग्न थिएन, छैन र हुने छैन । भ्रष्टाचारको विषयमा एमाले संलग्न हुँदैन । यदि कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर हुन्छ र अघि बढ्छ ।'

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गरे । भ्रष्टाचारको आरोप लाग्दैमा कसैलाई अपराधी करार गर्न नमिल्ने बताए।

उनले नेपालको छानविन देखेको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्न आफूहरु लागेको बताए । ओलीले देश राजनीतिक अफ्ठ्यारो अवस्थामा रहेको बताए । सामाजिक र आर्थिक रूपमा संकटमा रहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077