Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटीका अध्यक्ष साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति पक्राउ

कैलाली । अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति पक्राउ परेका छन् ।

मंगलवार साँझ सभापति खेमराज खड्कालाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अतिथि रिसोर्टबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामको आग्रहमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार गाउँपालिकाका अध्यक्ष साउँदमाथि आक्रमण गर्ने अर्का नरबहादुर खड्का भने फरार छन् ।

उनको खोजीकार्य जारी रहेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष साउँदले आफूमाथि गाडीमा रहेका बेला रोकेर बोतल प्रहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077