Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भन्सार छलीको समान पास गर्न प्रहरीलाई नै घुस, एक भारतीय पक्राउ

धनगढी । भन्सार छलीको समान कटाइदिन आग्रह गर्दै प्रहरीलाई नै घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको समान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्ता पक्राउ परेका हुन् ।

गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध समान भित्राउन त्रिनगर व्यारल नजिकै प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेका थिए ।

गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ ।

बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077