Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको एलओडी क्लब विश्वको ४९औं स्थानमा

काठमाडौं । ठमेलमा रहेको नाईट क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स) विश्वकै ४९ औं स्थानमा पर्न सफल भएको छ ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो।

केही समय अघि क्लब 'डिजे म्याग टप १००'को नोमिनेसनमा परेको थियो । म्यागमा विश्‍वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी रहने गर्छ ।

गएराति बुधबार डिजे विश्वका उत्कृष्ट क्लबहरूको र्‍यांकिङ स्थान सार्वजनिक गरेको हो । डिजे म्यागले हरेक वर्ष विभिन्‍न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।

यसअघि सन् २०२२ का लागि एलओडी सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो ।  क्लबका निर्देशक भुपेन शमशेर कुँवरका अनुसार एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९औं स्थानमा पर्न सफल भएको हो।

क्लब ४९औं स्थानमा पर्न सफल भएसँगै नेपाललाई गर्वको अनुभूति भएको क्लबका निर्देशक कुँवरले बताए । क्लबलाई थप आकर्षक बनाएर लैजानलाई प्रेरणा प्राप्त भएको निर्दैशक कुँवरले बताए ।

एलओडी क्लब चार वर्षअघि स्थापना भएको हो। एलओडी क्लब मा २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077