Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

घर जग्गाको नक्सा पास गराउन २० हजार घुस माग्ने इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी बर्जु गाउँपालिकाका इन्जिनियर विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले घर जग्गा नक्सा पास गराउन घुस मागेको आरोपमा बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यसअघि अख्तियारको टोलीले मेहतलाई २० हजार घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

घर जग्गा नक्सा पास गर्नका लागि सेवाग्राहीसँग २० हजार घुस मागेको उजुरीका आधारमा छानबिन गर्दा मेहताले घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

मेहतालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कैद सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077