Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तीन महिनापछि संसद्‍मा चन्द्र भण्डारी, भने - ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् ।

आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका सांसद भण्डारी तीन महिनापछि संसद बैठकमा उपस्थित भएका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका छन्।

ग्यास उद्योगलाई स्वचालित रेगुलेटर प्रचलनमा ल्याए जलनका घटना कम हुने उनले बताए ।

उनले भने,'ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो । मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो। अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’

भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो।

फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077