Online Nepal
  • शनिबार, १० साउन २०८२
  • सांसद चन्द्र भण्डारीको प्रस्ताव- उच्चस्तरीय जलन अस्पताल बनाऔं

    सांसद चन्द्र भण्डारीको प्रस्ताव- उच्चस्तरीय जलन अस्पताल बनाऔं

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 774
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले उच्चस्तरीय जलन अस्पताल बनाउन सरकारसँग प्रस्ताव गरेका छन्।

    गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले यस्तो प्रस्ताव राखेका हुन् ।



    साथै सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरे।

    भण्डारीले भने, ‘उच्चस्तरीय जलन अस्पताल बनाउनुपर्छ। नेपालमा कम्पीटेन्ट चिकित्सकहरू हुनुहुन्छ। भवनको अभाव देखियो। यो केसमा धेरै गरिब मानिसहरू पर्दोरहेछ। यसमा धेरै ठूलो दर्द लुकेको छ।’

    जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको उल्लेख गर्दै सांसद भण्डारीले यसलाई सरकाले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार