Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, १ अर्ब ८७ करोड बढीको कारोबार

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको हो ।

अघिल्लो दिनमात्रै ५१ अंकको उछाल भएको बजारमा आज ४८ लाख ६५ हजार ४७५ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

आज आत्मनिर्धर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै कारोबारका आधारमा शिवम सिमेन्ट १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ भने ३ समूहबाहेक बाँकी १० वटा समूहको शेयर मूल्यमा वृद्धि भएको छ । बुधबार बजार पूँजीकरण २८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077