Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय संसद्को संयुक्त बैठकमा कार्यसञ्चालन नियमावली मस्यौदा पेस

काठमाडौं । संघीय संसद्को आजको संयुक्त बैठकमा ‘संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभाबाट यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित भएको थियो ।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहेका थिए भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077