Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • संसदमा रवि लामिछानेको प्रश्न – मैले नागरिकता त्यागेको निस्सा तपाईँलाई बुझाउनुपर्ने हो ?

    संसदमा रवि लामिछानेको प्रश्न – मैले नागरिकता त्यागेको निस्सा तपाईँलाई बुझाउनुपर्ने हो ?

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 780
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले समानुपातिक सांसद बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा लिएको र सभापति रवि लामिछानेले नागरिकताको निस्सा नबुझाएको विषय उठाएका छन् ।

    सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन रोष्टम पुगेका सांसद चौरसियाले रवि लामिछानेको नागरिकताको विषय उठाएपछि विवाद सिर्जना भएको हो ।



    चौरसियाले समानुपातिक सांसद बनाउन पैसा लिएको र विदेशको नागरिकता लिएको र नेपाली नागरिकता लिँदा त्यसको निस्सा त्याग नगरेको कुरा आफूले सुनेको बताउँदै सरकारले के गर्छ भन्दै प्रश्न उठाएका थिए ।



    सांसद चौरसियाको सो भनाईपछि रास्वपाका सबै सांसद आसनबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले १ मिनेटमा कुरा राख्न समय दिएका पछि सांसद लामिछानेले प्रतिवाद गरे ।

    लामिछानेले भने, ‘अदालतमा भएको विषयलाई रोष्ट्रममा बसेर उठाएर माननीयज्यूले के कुरा उठाउन खोज्नुभएको हो । यो अदालतको अपमान हो कि ? उहाँँले सुनेको भरमा गर्न खोज्नुभएको हो कि ? मैले मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो ? । तपाईंको जानकारीको लागि अदालतले नमागे पनि मैले अस्तिको दिनमा गएर दर्ता गराएको छु ।’

    उनले सरकार, अदालत र आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु उपलब्ध गराइसकेको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार