Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानमा इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

एजेन्सी । पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ ।

यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा सेनाका ब्यारेकसहित संवेदनशील क्षेत्रमा आक्रमण भएको भन्दै रक्षा मन्त्रालयले त्यसको छानबिन भइरहेको र पार्टीमाथि नै प्रतिबन्ध लाग्न सक्ने जनाएको छ ।

देशव्यापी प्रदर्शन तथा आक्रमणको बारेमा पूर्वप्रधानमन्त्री खानले स्वतन्त्र छानबिनको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077