Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतबाट अवैध रुपले ल्याउँदै गरेको २२ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैंचाबाट सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५९० रुपैयाँको सामान बरामद गरेको छ ।

मंगलबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आइटम्स्, मोटरपार्ट्स र लत्ताकपडा सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो ।

सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए ।

बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077