Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुस माग्ने वरिष्ठ नायब निरीक्षकसहित तीन प्रहरी निलम्बित

पर्सा । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदिश ठाकुरलाई मंगलबार निलम्बन गरेको हो ।

यस्तै जवान महेश महतोलाई भने जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार नै निलम्बन गरेको थियो । उनीहरुलाई छानबिनका लागि निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चेक बाउन्स (बैंकिङ कसुर) सम्बन्धी मुद्दाका जाहेरकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखरियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077