Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ।

मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौंसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने छ।

कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077