Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठरहेका छन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२-०४० प८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं,चन्द्रागिरी नगरपालिका-२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने २६ वर्षीय विपिन मगर पक्राउ परेका छन्।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077