Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा प्रस्तुत गरिने

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको छ ।

प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार सम्पन्न कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सोही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको हो।

जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077