Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच भेटवार्ता भएको छ ।

महासंघका अध्यक्ष ढकाल र हमदीबीच बिहिबार महासङ्घ सचिवालयमा भेट भएको हो ।

उक्त भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल महासंघले जनाएको छ ।

साथै साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077