Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलमा सट्टेबाजी गरेको आरोपमा चारजना पक्राउ

पर्सा । पर्साबाट अनलाइनमार्फत सट्टाबाजी गर्ने चारजना पक्राउ परेका छन् । बुधवार वीरगञ्ज महानगरपालिका–१५ स्थित सञ्जय श्रीवास्तवको ३ तले पक्की घरको माथिल्लो तलाको उत्तरपट्टिको कोठाबाट जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेको हो ।

अनलाइनमार्फत मुम्बई इन्डियन्स भर्सेस लखनऊ सुपर जोइन्टस् टीमबीचको खेलको सट्टाबाजी गरिरहेको अवस्थामा बाराको कलैया उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका–६ बस्ने ३५ वर्षीय सन्तोषकुमार यादव, पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने ५२ वर्षीय मुन्ना भन्ने धर्मनाथप्रसाद जैसवाल पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले घरको खानतलासी गर्दा सट्टाबाजीमा प्रयोग भएका मोबाइल, ल्यापटप तथा नेपाली नगद ३ लाख ९० हजार ५०० रुपैयाँ र भारतीय नगद १५ हजार ७५० बरामद गरिएको छ ।

पक्राउ परेका आरोपीलाई सट्टाबाजी सम्बन्धी कसूरमा बिहीवार जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077