Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारका नवनियुक्त मन्त्री कुर्मीले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट नवनियुक्त वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका सांसद कुर्मीलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेकोमा उनले आजै पद तथा गोपनीयताको शपथ लिए ।

नवनियुक्त मन्त्री कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित सांसद हुन् । यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077