कैलाली । कैलालीमा लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको जानकी गाउँपालिका–२ कटघरका २१ वर्षीय दिपेश चन्द खैरो हेरोइन सहित टीकापुर नगरपालिका–९ बाट पक्राउ परेका हुन् ।
चन्द भारतबाट नेपाल आइरहेका बेला चेकजाँच गर्दा दाहिने खुट्टाको जुत्ताभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा ५ ग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।