Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसियाविरूद्ध खेल्ने नेपाली महिला क्रिकेट टीमको घोषणा

काठमाडौं । मलेसियासँगको श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा गरिएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियासँगको ५ खेलको टी २० शृंखलाका लागि रुबिना क्षेत्रीको कप्तानीमा अन्तिम १४ जनाको टिम घोषणा गरेको हो ।

सामसन जङ थापाले शृंखलाका लागि टिममा पहिलो पटक तीन नयाँ अनुहार समावेश गरेका छन् ।

नेपाली टिमको प्रशिक्षकमा सामसन जंग थापा रहेका छन् । नेपालले मलेसियासँग २९ मेदेखि सिरिज खेल्नका लागि मलेसिया भ्रमण गर्नेछ ।

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दू रावल, अप्सरी बेगम, कजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पाण्डे र सरस्वती चौधरी ।

प्रशिक्षक – सामसन जंग थापा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077