Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्राइडे रिलिज : सिनेमा हलमा लागे ‘टुल्की’ र ‘हुक्का’

काठमाडौं । आज शुक्रवार सिनेमाहलमा दुई भिन्न विशेषता बोकेको मौलिक नेपाली फिल्महरु प्रदर्शन भएका छन्। फिल्म हुन्, ‘हुक्का’ : एन एब्सर्ड ड्रिम’, तथा ‘टुल्की’ ।

शम्भू थापाद्वारा निर्देशित ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को कथावस्तु अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित छ ।

स्पाइनी बाबलर क्रिएसनले हृयासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको ‘हुक्का’ मा प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक, सन्तोषकुमार आत्रेयलगायतका कलाकारको अभिनय छ ।

साथै बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ मा नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ ।

चलचित्रको निर्देशन देवजङ्ग थापा तथा छायाँङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन्।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सो चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077