Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीमाथि १०८ केजीको सुनको गजुर साटेको आरोप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेर बैठक अवरोध गरेका हुन् ।

एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री रहेको बेला पशुपतिनाथ मन्दिरमा रहेको १०८ केजीको सुनको गजुरमा पितलको लगाएको आरोप लगाएका थिए। उनले सुनको गजुरको नाममा पितल राखेर ओलीले भ्रष्टाचार गरेको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077