Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जग्गा दर्ता कायम गर्न सेवाग्राहीसँग घुस माग्ने वडाअध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएका वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई केही दिन अघि नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष चौधरी र वडा सचिव रायलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

अनुसन्धानका सिलसिलामा वडा अध्यक्ष चौधरी र वडा सचिव रायको आपसी योजना तथा मिलेमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि हुन आएकाले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुरमा पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको अख्तियारका प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077