Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शरणार्थी प्रकरणमा ओलीले भने - मेरो नजिकका व्यक्तिको नाम पोल्न लगाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्ररणमा आफू नजिक रहेकालाई जबरजस्ती मुछ्न खोजिएको बताएका छन्।

पार्टी कार्यालय ललितपुरमा जारी अनुशिक्षणमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले, खासगरी मेरो नजिकका रहेका भनिएका मानिसहरूलाई कसरी नाम पोल्न लगाउने ? कसरी नाम लेख्न लगाउने ? कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने ? भयो । प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्‍यो भने अखबारमा सँगसँगै कसरी पुग्छ?कहिलेकहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ।’

अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न बयानसमेत रोकिएको आरोप लगाए।

सो प्रकरणमा मुख्य योजनाकार केशव दुलालले बयानका क्रममा ओलीको स्वकीय सचिव, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृहसचिव प्रेमकुमार राईलगायको नाम मििुछएपछि ओलीले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077