Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सेनासँग हातहतियार पर्याप्त मौज्दात छ, खरिद गर्नुपर्ने आवश्यकता छैन : प्रधानसेनापति

    सेनासँग हातहतियार पर्याप्त मौज्दात छ, खरिद गर्नुपर्ने आवश्यकता छैन : प्रधानसेनापति

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्।

    अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले संगठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारे।



    प्रधानसेनापति शर्माले भने, ‘युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वाभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने खरिद गर्नुपर्ने आवश्यकता छैन।’



    मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद नगरिएको स्पष्ट गर्दै उनले जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेरमात्र प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ।

    केही सञ्चार माध्यमले सेनाले हतियार खरिद गर्दैछ भन्ने समाचार सम्प्रेषण गरिरहेका सन्दर्भमा उनले कुनै पनि देशबाट हतियार खरिदका लागि हालसम्म प्रतितपत्र (एलसी) नखोलिएको पनि स्पष्ट पारे।

    कुन देशमा शान्ति मिसन खडा भएको हो त्यो मुलुकको माटो सुहाउँदो सवारी साधन खरिद गरिँदै आएको बताउँदै प्रधानसेनापति शर्माले सत्यतथ्यभन्दा बाहिर गएर कुनै देश वा कम्पनीले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यलाई बल पुग्ने ढंगले समाचार सम्प्रेषण नगर्न सुझाव दिए।

    उनले हुँदै नभएको हतियार खरिदसम्बन्धी विषयमा मुलुकका सरकारका मन्त्री र पूर्वपदाधिकारीको नाम जोडेर अफवाह फैलाउने गरी समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै शान्ति मिसनमा प्रयोग भएका सवारी साधनका लागि आवश्यक पार्टपूर्जा भने विश्वका जुनसुकै देशबाट खरिद गर्न सकिने धारणा राखे। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार