Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानमा चार जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

एजेन्सी । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय छोरा मसानोरी आओकी पक्राउ परेका छन् ।

दुई प्रहरी अधिकारीसहित चारजनाको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनले एक महिलालाई छुरा प्रहार तथा दुई प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप छ ।

निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ ।

क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077