Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शनिबार विराटनगरको हाटखोला मैदानमा ‘एनसेल सांगीतिक कन्सर्ट’, सम्पूर्ण तयारी पूरा

    शनिबार विराटनगरको हाटखोला मैदानमा ‘एनसेल सांगीतिक कन्सर्ट’, सम्पूर्ण तयारी पूरा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 639
    SHARES

    काठमाडौं ।  एनसेल अजियाटाले कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्ने सांगीतिक कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय गायक तथा कलाकारहरुको सहभागितामा शनिबार विराटनगरको हाटखोला मैदानमा हुने कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको हो ।

    एनसेलले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुने सबै कलाकार विराटनगर आइपुगेको र सबै तयारी पूरा भएको जानकारी दिइएको हो । कन्सर्टमा चर्चित कलाकारहरु तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी आदीको आ–आफ्ना प्रस्तुतीहरु राखी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका साढे ८ बजे सम्म चल्ने छ ।



    यस सांगीतिककार्यक्रममा सहभागीहुन ईच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्छन् । त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनि ग्राहकहरुले टिकट लिन सक्छन् ।



    “मलगायत रिदम ब्यान्डका साथीहरु र अन्यथुप्रै साथीहरुले यो कार्यक्रममा प्रस्तुती राख्दै छौं । आफ्ना साथीभाई, परिवारका सदस्यहरुसँग आउनुहोस् सँगै मिलेर रमाईलो गरौं,” दिपकबज्राचार्यले कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने । द एलिमेन्ट्स ब्याण्डले दर्शकहरुलाई आफ्नो गीत संगितले भरपुर मनोरञ्जन प्रदान गर्न आफुहरु तयार रहेको बताएको छ ।

    पुर्वमा रमाईलो गर्ने संयोग जुटेकोले दर्शकहरुलाई यो मौका नगुमाउन आषिश राना (लाउरे) ले सुझाव दिएका छन् । कन्सर्टको प्रत्यक्ष प्रशारण एनसेलको फेसबुक पेजबाट पनि हुने भएकाले देश विदेशमा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले पनि यस कार्यक्रमको मजालिन सक्नेछन् ।

    यस कार्यक्रममा सहभागी सबैको सेवा सुविधाकोलागिकार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने छ । यस स्टल मार्फत कम्पनीले प्रदानगर्दै आएको सेवातथा सुविधाहरुकाबारेमाजानकारी लिन सक्नेछन् । यस कार्यक्रमले हालबजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यावसायलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास लिईएको छ ।

    यस अघि एनसेलले नयाँवर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवार मार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार