Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले आज पनि संसद चल्न नदिने, सत्तापक्षले माफी माग्नु पर्ने अडान

काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठक पनि एमालेले चल्न नदिने भएको छ । पशुपतिको जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि एमालेले संसद चल्न नदिने भएको हो ।

संघीय संसद सचिवालयका अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन्।

पशुपतिको जलहरीबारे माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077